क्रिकेटखेलकुद

बलिया दुई राष्ट्र अस्ट्रेलिया र भारतको भिडन्त आज: सम्पूर्ण जानकारी

बलिया दुई राष्ट्र अस्ट्रेलिया र भारतको भिडन्त आज: सम्पूर्ण जानकारी

२९ पौष २०७६ एजेन्सी: बलियो दुई राष्ट्र अस्ट्रेलिया र भारतबिच आज देखि वनडे सिरिज सुरु हुँदै छ । अस्ट्रेलिया र भारतबिच ३ वटा वनडे सिरिज हुने छ ।

दुवै क्रिकेट टीमले आफ्नो क्रिकेट टोलीको घोषणा गरिसकेको छ । भारत भ्रमण रहेको ऑस्ट्रेलिया क्रिकेट टोलीले भारतसँग ३ वटा वनडे सिरिज खेल्ने छ । भारतले पहिलो वनडे खेल १४ जनवरीमा खेल्ने छ । दोस्रो वनडे खेल १७ जनवरीमा र तेस्रो १९ जनवरीमा हुने छ ।

अस्ट्रेलियन टिम: एरॉन फिंच (कप्तान), एश्टन एगर, एलेक्स केरी, पैट कमिंस, पीटर हैंड्सकॉम्ब, जोश हेजलवुड, मार्नस लाबुशेन, केन रिचर्डसन, डार्सी शॉर्ट, स्टीव स्मिथ, मिशेल स्टार्क, एश्टन टर्नर, डेविड वॉर्नर, एडम जाम्पा.

भारतीय टिमः विराट कोहली (कप्तान), रोहित शर्मा (उपकप्तान), शिखर धवन, केएल राहुल, श्रेयस अय्यर, मनीष पाण्डेय, केदार जाधव, रिषभ पन्त, शिवम दुबे, रविन्द्र जडेजा, युजवेंद्र चहल, कुलदीप यादव, नवदीप सैनी, शार्दुल ठाकुर,जसप्रीत बुमराह र मोहम्मद शमी ।

ऑस्ट्रेलिया बिरुद्ध भारतको खेलतालिका

पहिलो खेल – १४ जनवरी 2020 -१:४५

दोस्रो खेल – १७ जनवरी 2020- १:४५

तेस्रो खेल – १९ जनवरी 2020 – १:४५

लाइभ कसरी हेर्ने ?
अस्ट्रेलिया बिरुद्ध भारतको प्रत्यक्ष प्रसारण नेपालमा स्टार स्पोर्ट्सबाट हेर्न सकिन्छ ।