क्रिकेटखेलकुद

भारत विरुद्ध श्रीलंकाको दोस्रो टी–२० खेल आज, मौसम सफा रहने

भारत विरुद्ध श्रीलंकाको दोस्रो टी–२० खेल आज, मौसम सफा रहने

२२ पौष २०७६ एजेन्सी: भारत विरुद्ध श्रीलंकाको दोस्रो टी–२० खेल आज हुँदै छ । गुवाहाटीमा हुने भनिएको पहिलो टी-ट्वान्टी वर्षाको कारण नतिजा विहीन भएको छ । खेलको टस भएपनि भारी वर्षाको कारण खेल रद्द भएको हो । आजको खेलमा भने मौसम सफा रहने र पानि पर्ने सम्भावना कम रहेको भारतको मौसम विभागले जानकारी दिएको छ ।

भारत र श्रीलंका 22 महिना पछि एक अर्कासँग भिड्दै छन् । आजको खेल इंदौरमा बेलुका ७:१५ बजे देखि सुरु हुने छ ।

भारतले आफ्नो अघिल्लो टी–२० सिरिजमा वेस्टइंडीज २-१ पराजित गरेका थियो भने श्रीलंका ऑस्ट्रेलियासँग ०-३ पराजित भएको थियो । श्रीलंकाले अहिले सम्म भारत विरुद्ध टी-२० सिरिज जितेको छैन् ।

यस्तो छ भारतको टी–२० टिमः
विराट कोहली (कप्तान), शिखर धवन, केएल राहुल, श्रेयस अय्यर, मनीष पाण्डेय, सन्जु स्यामसन, रिषभ पन्त, शिवम दुबे, युजवेंद्र चहल, कुलदीप यादव, रविन्द्र जडेजा, शार्दुल ठाकुर, नवदीप सैनी, जसप्रीत बुमराह र वसिङटन सुन्दर ।

एक दिवसीय टिमः
विराट कोहली (कप्तान), रोहित शर्मा (उपकप्तान), शिखर धवन, केएल राहुल, श्रेयस अय्यर, मनीष पाण्डेय, केदार जाधव, रिषभ पन्त, शिवम दुबे, रविन्द्र जडेजा, युजवेंद्र चहल, कुलदीप यादव, नवदीप सैनी, शार्दुल ठाकुर, जसप्रीत बुमराह र मोहम्मद शमी ।

श्रीलंकाको टी–२० टिमः लसिथ मलिंगा,धनुष्का गुणथिलाका, अविष्का फर्नांडो, एंजेलो मैथ्यूज, दासुन शनाका, कुसल परेरा, निरोशन डिकवेला, धनंजया डी सिल्वा, ईसुरु उडाना, भानुका राजपक्षे, ओशादा फर्नांडो, वनिन्दु हसारंगा, लाहिरू कुमारा, कुशाल मेंडिस, लखन राजकशन

श्रीलंका बिरुद्ध भारत खेलतालिका (टी-20 सीरीज):
दोस्रो टी-20 – 7 जनवरी 2020 – ७:१५ – इंदौर

तेस्रो टी-20 – 10 जनवरी 2020 – ७:१५ – पुणे