राजनितीसमाचार

नागार्जुनमा विस्फोट

नागार्जुनमा विस्फोट

१ माघ २०७६ काठमाडौं : बालुवाटारको ललितानिवास जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट भएको छ ।

बुधबार साँझ नागार्जुन-१ स्थित नर्सरी चोकमा रहेको ढकालको घरमा बम बिस्फोट भएको हो । विस्फोटमा घरको शिशा फुटेको छ भने घरमा राखिएको गाडीमा पनि क्षति भएको छ ।

घटनाको जिम्मा विप्लव समूहले लिएको छ ।

प्रहरीले विस्फोट भएको जनाएपनि बम बिस्फोट भएको हो वा अरु कुनै चिज हो भन्ने खुल्न बाँकी रहेको बताएको छ ।