अन्तरास्ट्रिय

सोमालियामा भएको कार-बम विस्फोटमा ७६ को मृत्यु

सोमालियामा भएको कार-बम विस्फोटमा ७६ को मृत्यु

१३ पुस २०७६ब काठमाडौँ : सोमालियाको राजधानी मोगादिसुमा शनिबार भएको कार बम विस्फोटमा कम्तीमा ७६ जनाको मृत्यु भएको छभने कैयौ घाइते भएका छन्  । सनिबार बिहान राजधानीको व्यस्त सडकमा रहेको सुरक्षा चेकपोस्टलाइ लक्षित गरी बम विस्फोट गराइएको बीबीसीले उल्लेख गरेको छ ।

मदिना अस्पतालका निर्देशक डाक्टर मोहम्मद युसुफले अहिलेसम्म ७६ शव संकलन गरिसकेको बताएका छन् भने  मृतकको संख्या बढ्न सक्ने उनले जनाए । सोमालियाका सांसद मोहम्मद अब्दिरिजाकले मृत्यु हुनेको संख्या ९० नाघेको बताएपनि यसको पुष्टि भइसकेको छैन । उनका अनुसार मृत्यु हुनेहरूमध्ये अधिकांश विश्वविद्यालयका विद्यार्थी छन् ।

सोमालियामा यसअघि यस्ता आक्रमण अल–शबाब समूहले गर्ने गरेको भए पनि शनिबारको विस्फोटको जिम्मा भने कुनै समूहले लिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *