क्रिकेटखेलकुद

मेलबर्न स्टार बिरुद्ध पर्थ स्कर्चर्स, १३ खेलाडीको सूचीमा को–को अटाए? (नामसहित)

मेलबर्न स्टार बिरुद्ध पर्थ स्कर्चर्स, १३ खेलाडीको सूचीमा को–को अटाए? (नामसहित)

२९ पौष २०७६ एजेन्सी: बिग ब्यास लिग अन्तर्गत नेपाली लेग स्पिनर सन्दिप लामिछाने सम्भावित १३ खेलाडीको सुचीमा पर्न सफल भएका छन् । सन्दिप लामिछानेको टिम मेलबर्न स्टार्सले भोलि आफ्नो दशौ खेल खेल्दै छ । मेलबर्न स्टार्सले बिग बास लिग (बीबीएल) मा बुधबार पर्थ स्कर्चर्ससँग खेल्दै छ । मेलबर्न स्टार र पर्थ स्कर्चर्सको खेल नेपाली समय अनुसार दिउंसो ३ :५५ बजे देखि सुरु हुने छ ।

मेलबर्न स्टार्सको टिम: ग्लेन म्याक्सवेल (कप्तान),बेन डंक,सब गोत्च ,सन्दिप लामिछाने,लान्स मोरिस, नाथन काउन्टर नाइल, मार्कस स्टानोइस,ड्यानियल वोर्रल,साम इलियट,ह्यारिस ,क्लिन्ट हिन्चलिफ,हिल्टन कार्टराइट र निक लार्किन

खेलमा ९ जित हात पारेको मेलबर्न १६ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ । ९ खेलमा ५ जित हात परेको पर्थ स्कर्चर्स अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।पर्थ स्कर्चर्सको ९ खेलबाट १० अंक रहेको छ।

सहभागी टिमहरु : एडलेड स्ट्राइकर्स, सिड्नी सिक्सर्स, ब्रिसबेन हिट, सिड्नी थण्डर्स , पर्थ स्कर्चर्स, होबर्ट हरिकेन्स, मेर्लबर्न रेनेगेड्स र मेलबर्न स्टार्स