क्रिकेटखेलकुद

बिग ब्यास लिग: सन्दिपको प्रदर्शन बारे जानकारी

बिग ब्यास लिग: सन्दिपको प्रदर्शन बारे जानकारी

१३ पौष २०७६ एजेन्सी : बिग ब्यास लिग अन्तर्गत नेपाली लेग स्पिनर सन्दिप लामिछानेको टिम मेलबर्न स्टार्सले आफ्नो चौथो खेल खेल्दै छ । नेपाली लेग स्पिनर सन्दिप लामिछानेको टिम मेलबर्न स्टार्सले आफ्नो चौथो खेलमा भोलि होबार्ट हरिकेन्स खेल्ने छ । भोलि हुने मेलबर्न स्टार्सको चौथो खेल दिउंसो १:५५ बजे देखि सुरु हुँदै छ। पहिलो र दोस्रो खेलमा जित हासिल गरेको मेलबर्न स्टार्सको टिम तेस्रो खेलमा ५ रनले पराजित भएको थियो ।

शुक्रबार भएको पहिलो खेलमा बिर्सबेंनलाई २२ रनले पराजित गर्दै बिग ब्यास लिगमा सुखद सुरुवात गरेको छ । मेट्रिकन स्टेडियममा मेलबर्न स्टार्सले १ सय ६८ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिंग गरेको ब्रिसबेनले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४५ रन मात्र बनाउन सफल भएको थियो । सन्दिप पहिलो खेलमा महगा साबित भएका थिए । ४ ओभर गरेर ३८ रन दिएका सन्दिप १ विकेट लिन सफल भएका थिए ।

दोस्रो खेलमा मेलबर्न स्टार्स ५२ बिजय भएको थियो । टस जितेर पहिले मेलबर्न स्टार्सले ब्याटिङ रोजेको मेलबर्नले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १६३ रन बनाएको थियो । १६४ रनको लक्ष्य पाएको होबार्टले १६.ओभर खेल्दै दस विकेट गुमाएर आल आउट हुदै मात्र १११ रन जोड्न सफल भएकोप थियो । यो खेलमा सन्दिपले ३ ओभर गर्दै १८ रन दिएर १ विकेट लिन सफल भएका थिए ।

तेस्रो खेलमा भने मेलबर्न स्टार्स खेलमा ५ रनले पराजित भएको छ । करारामा टस हारेर पहिले ब्याटिङ गरेको एडिलेइडले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७४ रन लक्ष्य दिएको थियो । सन्दिप लामिछानेले आज ३ ओभर गर्दै १५ रन दिएर १ विकेट लिएका थिए । जवाफी ब्याटिंग गरेको मेलबर्न स्टार १६९ रन मात्र बनाउन सफल भएको थियो ।

बिग ब्यास लिगमा सन्दिपको प्रदर्शन:पहिलो खेलमा ४ ओभर गरेर ३८ रन दिएका सन्दिपले  १ विकेट लिन सफल भएका थिए । दोस्रो खेलमा ३ ओभर गरेर १८ रन दिएर १ विकेट लिन सफल भएका थिए । तेस्रो खेलमा ३ ओभर गरेर १ विकेट लिदै १५ रन दिएका थिए ।

Hobart Hurricanes Squad: George Bailey, Matthew Wade (c), David Miller, James Faulkner, Scott Boland, Clive Rose, Jake Doran, Ben McDermott, Simon Milenko, David Moody, D Arcy Short, Qais Ahmad, Caleb Jewell, Riley Meredith, Macalister Wright, Thomas Rogers, Jarrod Freeman, Aaron Summers, Nathan Ellis

Melbourne Stars Squad: Dale Steyn, Jackson Coleman, Nic Maddinson, Glenn Maxwell (c), Nathan Coulter-Nile, Ben Dunk, Peter Handscomb, Adam Zampa, Daniel Worrall, Hilton Cartwright, Marcus Stoinis, Nick Larkin, Seb Gotch, Sandeep Lamichhane, Clint Hinchliffe, Patrick Brown, Jonathan Merlo, Lance Morris, Tom O Connell

सहभागी टिमहरु : एडलेड स्ट्राइकर्स, सिड्नी सिक्सर्स, ब्रिसबेन हिट, सिड्नी थण्डर्स , पर्थ स्कर्चर्स, होबर्ट हरिकेन्स, मेर्लबर्न रेनेगेड्स र मेलबर्न स्टार्स