खेलकुदफुटबल

सुपर कप पराजित भएपछि बार्सिलोना द्वारा भल्भर्डे बर्खास्त, सेटिन नियुक्त

सुपर कप पराजित भएपछि बार्सिलोना द्वारा भल्भर्डे बर्खास्त, सेटिन नियुक्त

२९ पौष २०७६ एजेन्सी: स्पनिस क्लब बार्सिलोनाले मुख्य प्रशिक्षक अर्नेस्टाे भाल्भर्डेलाई बर्खास्त गरेको छ। जारि सिजन सुपर कपको सेमीफाईनल खेल पराजित भए पछि बार्सिलोनाले मुख्य प्रशिक्षक अर्नेस्टाे भाल्भर्डेलाई बर्खास्त गरेको हो।प्रशिक्षक अर्नेस्टाे भाल्भर्डे स्थानमा रियल बेटिसका पूर्व प्रशिक्षक ६१ वर्षा काक्वेक सेटिनलाई नियुक्त गरेको छ ।

सोमबार बसेको बोड्को बैठकबाट बार्सिलोनाले मुख्य प्रशिक्षक अर्नेस्टाे भाल्भर्डेलाई बर्खास्त गर्ने निर्णय गरेको हो । गत सिजन च्याम्पियन्स लिगको सेमिफाईनलको खेलमा लिभपुरसंग पराजित भएपछि भल्भर्डेलाइ बर्खास्त गर्न कुरा उठेको थियो ।

नँया प्रशिक्षक ६१ वर्षाका काक्वेक सेटिनसँग बार्सिलोनाले २ बर्षको सम्झौता गरेको छ ।