काठमाडौंको बौद्धमा गोली चल्यो
काठमाडौंको बौद्धमा गोली चल्यो
२७ पुस २०७६ काठमाडौं : गुण्डासंग जाम्काभेट भएपछी भाग्न खोजेका गुण्डालाइ पक्राउ गर्न काठमाडौंको बौद्धमा प्रहरीले गोली चलाएको छ । गुण्डा विष्णु तामाङलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको हो ।
महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीसंग जम्काभेट भएपछि भाग्न खोजेका तामाङलाइ गोली चलाइएको डीएसपी रमेशबहादुर सिंहले बताए ।
‘तामाङ जम्भुडाँडामा रहेको विशेष सूचनाको आधारमा त्यहाँ पुगेको प्रहरी टोलीले तामाङलाई भेटेको थियो’, सिंहले भने, ‘भाग्न खोजेपछि घुँडामुनि गोली हानिएको हो ।’ हाल उनलाई उपचारका लागि वीर हस्पिटल पठाइएको डीएसपी सिंहले बताए ।
प्रहरीका अनुसार तामाङमाथि २०७५ साल भदौमा मेडिकल कलेजका विद्यार्थीलाई खुकुरी प्रहार गरेर घाइते बनाएको अभियोग छ । त्यस्तै, ०७३ सालमा सिन्धुपाल्चोकमा भएको विवादका क्रममा एक महिलाले पिठ्यूँमा बोकेको १७ महिने बालिकाको हत्या गरेको अभियोग पनि तामाङमाथि छ ।