क्रिकेटखेलकुद

भारत विरुद्धको तेस्रो टी-२० खेलमा ‘गर वा मर’ को अवस्थामा श्रीलंका

भारत विरुद्धको तेस्रो टी-२० खेलमा ‘गर वा मर’ को अवस्थामा श्रीलंका

२५ पौष २०७६ एजेन्सी: भारत विरुद्धको तेस्रो टी-२० खेलमा ‘गर वा मर’ को अवस्थामा श्रीलंका रहेको छ । आज श्रीलंकाले भारत बिरुद्ध तेस्रो टी-२० खेल खेल्दै छ। यी दुई टिम विचको पहिलो खेल बर्षाले रद्द भएको थियो भने दोस्रो टी-२० खेलमा भारत विजय भएको थियो । आजको खेलमा भारत विजय भएको खण्डमा भारतले सिरिज जित्ने छ । यदी आजको खेलमा श्रीलंका विजय भए सिरिज १-१को बराबरी हुने छ।

यी दुई टिम विचको पहिलो खेल बर्षाले रद्द भएको थियो भने दोस्रो टी-२० खेलमा भारत विजयी भएको थियो । टस हरेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ओभरमा ९ विकेट गुमाएर १४२ रन सफल भएको थियो । जवाफी ब्याटिङ गरेको भारतले १७ ओभर ३ बलमा ३ विकेट गुमाउँदै पुरा गर्यो । हिजो भएको खेलमा नवदीप सैनी म्यान अफ दी म्याच भएका थिए । नवदीप सैनीले ४ ओभर गरेर २ विकेट लिन सफल भएका थिए । भारतका सार्दुल ठाकुरले एकै ओभरमा तीन विकेट लिन सफल भएका थिए ।

तेस्रो खेल आज (शुक्रबार) हुने भएको छ । तेस्रो खेल पुणेमा ७:१५ बजे देखि सुरु हुन् छ ।दोस्रो खेलको जितसँगै भारतले तीन खेलको सिरीजमा एक शुन्यको अग्रता बनाएको छ ।

यस्तो छ भारतको टी–२० टिमः
विराट कोहली (कप्तान), शिखर धवन, केएल राहुल, श्रेयस अय्यर, मनीष पाण्डेय, सन्जु स्यामसन, रिषभ पन्त, शिवम दुबे, युजवेंद्र चहल, कुलदीप यादव, रविन्द्र जडेजा, शार्दुल ठाकुर, नवदीप सैनी, जसप्रीत बुमराह र वसिङटन सुन्दर ।

श्रीलंकाको टी–२० टिमः लसिथ मलिंगा,धनुष्का गुणथिलाका, अविष्का फर्नांडो, एंजेलो मैथ्यूज, दासुन शनाका, कुसल परेरा, निरोशन डिकवेला, धनंजया डी सिल्वा, ईसुरु उडाना, भानुका राजपक्षे, ओशादा फर्नांडो, वनिन्दु हसारंगा, लाहिरू कुमारा, कुशाल मेंडिस, लखन राजकशन

श्रीलंका बिरुद्ध भारत खेलतालिका (टी-20 सीरीज):
तेस्रो टी-20 – 10 जनवरी 2020 – ७:१५ – पुणे