युक्रेनी विमानमा मिसाइल प्रहार भएको भिडियो बाहिरियो
युक्रेनी विमानमा मिसाइल प्रहार भएको भिडियो बाहिरियो
२५ पुस २०७६ काठमाडौँ : १८० यात्रुको मृत्यु हुने गरि इरानमा दुर्घटनाग्रस्त युक्रेनी विमानमाथि मिसाइल प्रहार भएको भिडियो सार्वजनिक भएको छ। उक्त बिमान आकाशमा उडिरहेको अवस्थामा मिसाइल हानेर खसालिएको भिडियो सार्वजनिक भएको हो । सार्वजनिक भएको भिडियोमा मिसाइलले विमानलाई मार हान्दा बिमानमा आगो लागेर बिस्फोट भएको देखिएको छ ।
सीएनएनले सार्वजनिक गरेको भिडियोमा अध्यारो दृश्य देखिन्छ । जसमा मिसाइलले विमानमा मार हानेको स्पस्ट रुपमा देखिन्छ तर, सीएनएनले सार्वजनिक गरेको यो भिडियोको आधिकारिक पुष्टि नभएको बताएको छ । भिडियो सार्वजनिक भएलगत्तै अमेरिकी विदेशमन्त्री माइक पम्पिओले विमान दुर्घटनामा ईरानमाथि आरोप लगाएका छन् । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रडीले पनि विमानमा मिसाइल आक्रामण भएको हुन सक्ने बताउदै यसको निस्पक्ष छानमिन हुनुपर्ने बताएका छन् ।
इरानले इराकस्थित अमिरिके सैन्य क्याम्पमा आक्रमण गरे लगत्तै भएको सो बिमान दुर्घटना संकाको घेरामा परेको थियो। दुर्घटनामा १७६ यात्रु र चालकदलका सदस्य मारिएको युक्रेनको विमान तेहरानबाट युक्रेनका लागि उडेको केहीबेरमै मिसाइल लागेर झरेको विषय बाहिर आएको थियो ।
बुधबार भएको उक्त दुर्घटनामा २४ सय मिटर उचाईमा रहेको विमानमा मिसाइल आक्रमण भएको थियो। -एजेन्सी