राजनितीसमाचार

कांग्रेसभित्रै एक्लिए देउवा

कांग्रेसभित्रै एक्लिए देउवा

२५ पुस २०७६ काठमाडौं : नेपाली काँग्रेसका सभापति एबम पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीभित्रको पछिल्लो निर्णयबाट पछि हटेका छन् । जिल्ला सभापतिहरु मिलेर आफु बिरुद्ध ज्ञापन पत्र तयार गरेपछि उनले जिल्ला सभापतिहरुलाई बुढानिलकण्ठस्थित निवासमा बोलाएर सहमतिका साथ बढ्न लचिलो हुने बताएका हुन् ।

बुढानिलकण्ठ भेलामा सभापति देउवाले आफू सबैलाई मिलाएर अघि बढ्ने बताए साथै पौडेल पक्षले बहिष्कार गरेको काँग्रेस केन्द्रीय समितिको ११ पौषको निर्णयहरु परिमार्जन गर्न तयार रहेको धारणा राखेका छन् । देउवाले सिंगो काँग्रेस एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।

देउवाले केन्द्रीय समितीबाट १४ औं महाधिवेशनको कार्यतालिकासहित ७ फागुन २०७७ को मिति घोषणा गरेका थिए । तर पौडेल पक्षले महाधिवेशन मंगसिरमै गर्नुपर्नेमा जोड दिइरहेको छ । मिति यथावत् राखेर कार्यतालिका फेरबदल गर्नेबारे देउवा पक्ष अगाडि बढेको छ ।