क्रिकेटखेलकुद

मेलबर्न स्टारको खेल आज, सन्दिपको प्लेइङ्ग ११ मा पर्ने सम्भावना कति ?

मेलबर्न स्टारको खेल आज, सन्दिपको प्लेइङ्ग ११ मा पर्ने सम्भावना कति ?

२३ पौष २०७६ एजेन्सी: बिग ब्यास लिग अन्तर्गत नेपाली लेग स्पिनर सन्दिप लामिछाने सम्भावित १३ खेलाडीको सुचीमा पर्न सफल भएका छन् । सन्दिप लामिछानेको टिम मेलबर्न स्टार्सले आज आफ्नो सातौ खेल खेल्दै छ । मेलबर्न स्टार्सले बिग बास लिग (बीबीएल) मा बुधबार सिड्नी थण्डर्ससँग खेल्ने छ । मेलबर्न स्टार र सिड्नी थण्डर्सको खेल नेपाली समय अनुसार दिउंसो १:५५ बजे देखि सुरु हुने छ ।

मेलबर्न स्टार्सको टिम: ग्लेन म्याक्सवेल (कप्तान),बेन डंक,पिटर ह्याण्डकम,सन्दिप लामिछाने,निक म्याड्डीन्सन,मार्कस स्टानोइस,ड्यानियल वोर्रल,एडम जाम्पा,ह्यारिस ,क्लिन्ट हिन्चलिफ,हिल्टन कार्टराइट र निक लार्किन

यस सिजन सन्दीपले ५ खेलमा ८ विकेट हात पारेका छन् ।६ खेलमा ५ जित हात पारेको मेलबर्न १० अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ । ७ खेलमा ३ जित हात परेको सिड्नी थण्डर्सको ७ अंकका साथ तालिकाको चौथो स्थानमा रहेको छ । शनिबार भएको मेलबर्न डर्बीमा सन्दीपले ३ विकेट लिएका थिए ।

सहभागी टिमहरु : एडलेड स्ट्राइकर्स, सिड्नी सिक्सर्स, ब्रिसबेन हिट, सिड्नी थण्डर्स , पर्थ स्कर्चर्स, होबर्ट हरिकेन्स, मेर्लबर्न रेनेगेड्स र मेलबर्न स्टार्स