खेलकुदफुटबल

ओल्ड ट्राफोर्डमा म्यानचेस्टर युनाइटेड पारजित,फ्यानहरुले गरे विरोध

ओल्ड ट्राफोर्डमा म्यानचेस्टर युनाइटेड पारजित,फ्यानहरुले गरे विरोध

९ माघ २०७६ एजेन्सी: इंग्लिस प्रिमियर लिगमा म्यान्चेष्टर युनाइटेड बर्नलीसँग पराजित भएको छ । लिगको २४औं चरणको खेलमा म्यानचेस्टर युनाइटेड बर्नलेसँग आफ्नै घरेलु मैदान ओल्ड ट्राफोर्डमा २-० पराजित भएको छ । बर्नलेको ओल्ड ट्राफोर्डमा पहिलो जित हो।

गए राति ओल्ड ट्राफोर्डमा भएको खेलमा लिगको पाँचौ स्थानमा रहेको म्यानचेस्टर युनाइटेड १३ औं स्थानमा रहेको बर्नलीसँग २-०ले पराजित भएको छ।

हारपछि म्यानचेस्टर यूनाइटेड ३४ अंकका साथ पाँचौं स्थानमा कायम छ। बर्नली भने ३० अंकका साथ १३औं स्थानमा उक्लिएको छ।ओल्ड ट्राफोर्डमा म्यानचेस्टर युनाइटेड पारजित भएपछि फ्यानहरुले विरोध गरेका छन् ।