क्रिकेटखेलकुद

चोटमुक्त हुँदै टिममा फर्किए सन्दिप

चोटमुक्त हुँदै टिममा फर्किए सन्दिप

१८ पौष २०७६ एजेन्सी: बिग ब्यास लिग अन्तर्गत नेपाली लेग स्पिनर सन्दिप लामिछाने चोटमुक्त हुँदै टिममा फर्किए छन् । सन्दिप लामिछानेको टिम मेलबर्न स्टार्सले भोलि आफ्नो छैठौ खेल खेल्दै छ । मेलबर्न स्टार्सले बिग बास लिग (बीबीएल) मा शनिबार डर्बी क्लब मेलबर्न रेनेगेड्ससँग खेल्ने छ । मेलबर्न स्टार र रेनेगेड्सको खेल नेपाली समय अनुसार दिउंसो १:५५ बजे देखि सुरु हुने छ ।

चोटका कारण नेपाली लेग स्पिनर सन्दिप लामिछाने सिड्नीविरुद्धको खेल गुमाएका थिए । मेलबर्नले सार्वजनिक गरेको सम्भावित १३ खेलाडीको सुचीमा सन्दिप लामिछाने अटाएका छन् ।

मेलबर्न स्टार्सको टिम: ग्लेन म्याक्सवेल (कप्तान),बेन डंक,पिटर ह्याण्डकम,सन्दिप लामिछाने,निक म्याड्डीन्सन,मार्कस स्टानोइस,ड्यानियल वोर्रल,एडम जाम्पा,डेल स्टेन,क्लिन्ट हिन्चलिफ,हिल्टन कार्टराइट र निक लार्किन

यस सिजन सन्दीपले ४ खेलमा ३ विकेट हात पारेका छन् । ५ खेलमा ४ जित हात पारेको मेलबर्न ८ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ । रेनेगेड्स अंक विहीन रहदै पुछारमा रहेको छ ।

सहभागी टिमहरु : एडलेड स्ट्राइकर्स, सिड्नी सिक्सर्स, ब्रिसबेन हिट, सिड्नी थण्डर्स , पर्थ स्कर्चर्स, होबर्ट हरिकेन्स, मेर्लबर्न रेनेगेड्स र मेलबर्न स्टार्स