क्रिकेटखेलकुद

भारत जाने श्रीलंका क्रिकेट टोलीको घोषणा (खेल तालिका सहित )

भारत जाने श्रीलंका क्रिकेट टोलीको घोषणा (खेल तालिका सहित )

१८ पौष २०७६ एजेन्सी: ३२ बर्षका अलराउण्डर एंजेलो म्याथ्यूज श्रीलंकाको टी-२० टीममा  समावेश भएका छन्। म्याथ्यूज अगस्त २०१८ बाट श्रीलंकाको लागि टी-२० खेलेका छैन् । श्रीलंकाले जनवरी ५ बाट भारतसँग तीन खेलको टी-ट्वान्टी सिरिज खेल्दैछ । ३२ बर्षका अलराउण्डर एंजेलो म्याथ्युज करिब १६ महिनापछि टिममा परेका हुन् ।लसिथ मलिंगा श्रीलंका टोलीका कप्तान हुन् ।

यस्तो छ भारतको टी–२० टिमः
विराट कोहली (कप्तान), शिखर धवन, केएल राहुल, श्रेयस अय्यर, मनीष पाण्डेय, सन्जु स्यामसन, रिषभ पन्त, शिवम दुबे, युजवेंद्र चहल, कुलदीप यादव, रविन्द्र जडेजा, शार्दुल ठाकुर, नवदीप सैनी, जसप्रीत बुमराह र वसिङटन सुन्दर ।

एक दिवसीय टिमः
विराट कोहली (कप्तान), रोहित शर्मा (उपकप्तान), शिखर धवन, केएल राहुल, श्रेयस अय्यर, मनीष पाण्डेय, केदार जाधव, रिषभ पन्त, शिवम दुबे, रविन्द्र जडेजा, युजवेंद्र चहल, कुलदीप यादव, नवदीप सैनी, शार्दुल ठाकुर, जसप्रीत बुमराह र मोहम्मद शमी ।

श्रीलंकाको टी–२० टिमः लसिथ मलिंगा,धनुष्का गुणथिलाका, अविष्का फर्नांडो, एंजेलो मैथ्यूज, दासुन शनाका, कुसल परेरा, निरोशन डिकवेला, धनंजया डी सिल्वा, ईसुरु उडाना, भानुका राजपक्षे, ओशादा फर्नांडो, वनिन्दु हसारंगा, लाहिरू कुमारा, कुशाल मेंडिस, लखन राजकशन

श्रीलंका बिरुद्ध भारत खेलतालिका (टी-20 सीरीज)

पहिलो टी-20 – 5 जनवरी 2020 – ७:१५ – गुवाहाटी

दोस्रो टी-20 – 7 जनवरी 2020 – ७:१५ – इंदौर

तेस्रो टी-20 – 10 जनवरी 2020 – ७:१५ – पुणे