क्रिकेटखेलकुद

आईपीएल खेलिसकेका ११ पास्कितानी खेलाडी

आईपीएल खेलिसकेका ११ पास्कितानी खेलाडी

इंडियन प्रीमियर लीग (आईपीएल) मा लगभग सबै देशका प्रमुख खेलाडीहरुले सहभागीता जनाएका हुन्छन् । विश्वका प्राय सबै देशका खेलाडीहरुले सहभागिता जनाईसकेको यो खेलमा केहि बर्ष यता देखि अफगानिस्तान र नेपालका खेलाडीको पनि सहभागीता रहदै आएको छ ।

आईपीएल सुरु भएयता ११ जना पस्कितानी खेलाडीहरुले सहभागीता जनाईसकेका छन् । सहभागीता जनाउने पाकिस्तानी खेलाडीहरु हुन शाहिद अफरीदी (डेक्कन चार्जस),शोएब मलिक (दिल्ली डेयरडेविल्स),शोएब अख्तर(कोलकाता नाइटराइडर्स),सलमान बट(कोलकाता नाइट राइडर्स),मोहम्मद हफीज़(कोलकाता नाइट राइडर्स),उमर गुल (कोलकाता नाइट राइडर्स),मोहम्मद आसिफ(दिल्ली डेयरडेविल्स),मिस्बाह उल हक(रॉयल चैलेंजर्स बैंगलोर),यूनुस खान (राजस्थान रॉयल्स),कामरान अकमल (राजस्थान रॉयल्स) र सोहेल तनवीर (राजस्थान रॉयलस)।

अहिले भने पाकिस्तानीले खेलाडीले आइपिएल खेल्न नपाउने भएका छन् । भारतले आइपिएलमा पाकिस्तानी खेलाडीलाई सहभागिता नगराउने निर्णय संगै पाकिस्तानी खेलाडी आइपिएल खेल्न बन्चित भएका हुन् । पछिल्लो समय भारत र पाकिस्तानबिच भएको सिमा विवाद र चिसिएको राजनीतिको कारण भारत सरकारले पाकिस्तानि खेलाडीलाइ आईपीएल खेलबाट प्रतिवन्द लगाएको हो ।

२००८ देखि सुरु भएको आईपिएल खेलमा पहिलो बर्ष सहाभागिता जनाएका पाकिस्तानी खेलाडीलाई दोस्रो बर्ष देखि प्रतिबन्ध लाइएको हो । २००८ भएको मुबाई आक्रमण भएपछि आक्रोशित भारत सरकारले उक्त घटनामा पाकिस्तानको संलग्नता रहेको बताउदै पाकिस्तानी खेलाडीलाई प्रतिबन्ध लगाएको थियो ।