समाचार

आज स्व. राजा वीरेन्द्रको ७५ औं जन्मजयन्ती

आज स्व. राजा वीरेन्द्रको ७५ औं जन्मजयन्ती

१४ पौष २०७६ काठमाडौँ : आज स्वर्गीय राजा वीरेन्द्र शाहको ७५ औं जन्मजयन्ती परेको छ । राजा वीरेन्द्र शाहाको ७५ औं जन्मजयन्ती विभिन्न् कार्यक्रम गरी मनाइदै छ । २००२ साल पुस १४ गतेका दिन स्वर्गीय राजा वीरेन्द्रको जन्म भएको थियो ।

२०५८ साल जेठ १९ गते नारायणहिटी दरवार काण्डमा स्व. राजा वीरेन्द्र सहित राजपरिवारका ९ जना सदस्यको हत्या भएको थियो। यो नारायणहिटी दरवार हत्याकाण्ड अझै रहस्यमय रहेको छ ।

पारिवारिक जमघटको समयमा २०५८ जेठ १९ गते दरबारभित्र चलेको गोलीकाण्डमा स्व. राजा वीरेन्द्रको हत्या भएको थियो । त्यस क्रममा रानी ऐश्वर्य, छोराहरु युवराज दीपेन्द्र, अधिकारकुमार निराजन, छोरी श्रुति लगायत आफन्तहरुको पनि निधन भएको थियो ।