खेलकुदफुटबल

कोपा डेल रे: बार्सिलोना क्वार्टरफाईनलमा प्रवेश

कोपा डेल रे: बार्सिलोना क्वार्टरफाईनलमा प्रवेश

१७ माघ २०७६ एजेन्सी: स्पेनिश क्लब बार्सिलोना कोपा डेल रेको क्वार्टरफाईनलमा प्रवेश गरेको छ । गए राति भएको खेलमा बार्सिलोनाले लेगानेसलाई पराजित गर्दै बार्सिलोना कोपा डेल रेको क्वार्टरफाईनलमा प्रवेश गरेको छ। स्पेनिश क्लब बार्सिलोनाले लेगानेसलाई ५-० ले पराजित गरेको छ।

लेगानेसलाई आफ्नै घरेलु मैदानमा बार्सिलोनाले पराजित गरेको हो। बार्सिलोनालाई जित दिलाउन कप्तान मेस्सी,एन्टोइन ग्रिजमन, क्लेमन्ट लेङ्लेट र आर्थरले गोल गरेका थिए । कप्तान मेस्सीको नाममा दुई गोलरहेको थियो। बार्सिलोनाको लागि पहिलो गोल एन्टोनी ग्रिजम्यानलेले ४ औ मिनेटमा गरेका थिए । दोस्रो गोल क्लेमन्ट लेङ्लेटले २८ औ मिनेटमा गरेका थिए।

तेस्रो गोल ५९ औ मिनेटमा कप्तान मेस्सीले गरेका थिए पाँचौ गोल पनि मेस्सीकै नाममा रहेको थियो। पाँचौ गोल खेलको ८९ औ मिनेटमा भएको थियो। चौथो गोल चाही ७७ औ मिनेटमा आर्थरले गरेका थिए ।

जितसँगै बार्सिलोना कोपा डेल रे को अन्तिम ८ मा प्रवेश गरेको छ । बार्सिलोनासंगै रियल मड्रिड, भ्यालेन्सिया, एट्लेटिको विल्वाओ, भिल्ला रियल, ग्रानाडा, रियल सोसिडाड र मिरन्डासले अन्तिम ८ मा स्थान प्रवेश गरेका छन् ।