क्रिकेटखेलकुद

2019 मा धेरै रन बनाउने ५ क्रिकेटर

2019 मा धेरै रन बनाउने ५ क्रिकेटर

१३ पुस २०७६ काठमाडौं : सन् २०१९मा सबैभन्दा धेरै रेकर्ड कायम भएका खेलाडीहरुको बारेमा आज चर्चा गर्ने क्रममा सबै भन्दा पहिले भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली सन् २०१९ मा सबैभन्दा धेरै रन बनाउने क्रिकेटर बनेका छन् । उनले एकदिवसीय, ट्वेन्टी–ट्वेन्टी र टेस्ट क्रिकेटमा गरी यो वर्ष २ हजार ४ सय ५५ रन बनाउन सफल भएका छन् ।

भारतका क्रिकेटर कोहलीले २६ वटा एकदिवसीय खेलमा १ हजार ३ सय ७७ रन जोड्न सफल भएका थिए भने आठ वटा टेस्ट खेलमा ६ सय १२ रन त्यसै गरि १० वटा ट्वेन्टी–ट्वेन्टी खेलमा कोहलीले ४ सय ६६ रन बनाउदै अन्तरास्ट्रिय जगतमा यो बर्ष सबै भन्दा धेरै रन बनाउने खेलाडी बन्न सफल भए ।

यसैगरी सन् २०१९ मा दोश्रो धेरै रन बनाउने खेलाडी पनि भाारतकै बन्न सफल भएका छन्। रोहित शर्माले २ हजार ४ सय २ रन बनाएर दोश्रो ठुलो रन बनाउन सफल भए। भाारतका रोहित शर्माले २८ एकदिवसीय खेलमा १ हजार ४ सय ९०रन जोड्न सफल भएका थिए भने आठ वटा टेस्ट खेलमा ५ सय ५६ रन त्यसै गरि १४ ट्वेन्टी–ट्वेन्टी खेलमा शर्माले ३ सय ९६ रन गरी २ हजार ४ सय २ रन बनाउन सफल भएका हुन्, जुन पहिलो स्थानमा रहेका कोहलीको भन्दा ५३ रन कम हो।

यता तेस्रो स्थानमा भने पाकिस्तानका बाबर आजम रहन सफल भएका छन्। आजमले २ हजार ८२ रन बनाउदै तेश्रो स्थान हासिल गर्न सफल भएका हुन् । चौथो स्थानमा रहेका न्युजिल्यान्डका रोज टेलरले १ हजार ८ सय २० र पाँचौ स्थानमा रहेका इंग्ल्यान्डका जोय रुटले १ हजार ७ सय ९० रन बनाउन सफल भएका छन् ।