सरकारी अस्पतालमै लुटतन्त्र : गंगालालमै असुलिन्छ बिरामीसंग ३००% बढी मूल्य
सरकारी अस्पतालमै लुटतन्त्र : गंगालालमै असुलिन्छ बिरामीसंग ३००% बढी मूल्य
९ पुस २०७६ काठमाडौं : राज्यका सरकारी कार्यालयमा बढेको भ्रस्टाचार र घुसखोरी सुन्ने हामि नेपालीमा आदत जस्तै बनिसकेको छ तर अब यो रोग सरकारी अस्पतालमा पनि सरेको छ सरकारी अस्पतालमै लुटतन्त्र भएको सुन्न पाउदा बेथिति को कुनै शिमा नरहेको स्पस्ट हुन्छ।
सरकारले औषधि तथा उपकरण बिक्रीलाई व्यवस्थित गर्न फार्मेसी सेवा निर्देशिका, २०७२ जारी गरेको भएपनि जारी निर्देशिकालाई सरकारी अस्पतालले नै कुल्चने गरेका छन् । काठमाडौंको बाँसबारीमा रहेको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र सरकारले जारी गरेको निर्देशिकाविपरीत औषधि तथा उपकरण बिक्री कार्यमा अग्रपंक्तिमा देखिएको छ ।
निर्देशिकामा औषधिजन्य पदार्थको बिक्री मूल्य निर्धारण गर्दा यसको खरिद मूल्यमा २० प्रतिशतमा नबढाइ बिक्री मूल्य निर्धारण गरिने छ । तर, यसरी बिक्री मूल्य निर्धारण गर्दा अधिकतम खुद्रा मूल्यभन्दा बढी हुनुहुँदैन ।’
तर, गंगालालले मनोमानी गरेको पाइएको छ । सतर्कताको छानबिन प्रतिवेदनअनुसार सरकारी फार्मेसीबाट खरिद मूल्यभन्दा ३३०० गुणासम्म बढी मूल्य लिएर बिक्री गरेको पाइएको छ ।
छानबिनका क्रममा ‘पेरिमाउन्ट एडवार्ड’ नामक बायोलोजिकल भल्भको मूल्य बारे जांच गर्दा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा २ लाख ९३ हजार रुपैयाँमा बिक्री गरिएको पेरिमाउन्ट एडवार्ड नामक बायोलोजिकल भल्भलाई शिक्षण अस्पतालको मनमोहन कार्डियोलोजीले मात्रै १ लाख १० हजार रुपैयाँमा बिक्री गरेको भेटियो ।
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा औषधिलगायतका उपकरणमा खरिद मूल्यभन्दा बढी रकम लिएर मनोमानी रुपमा बिक्री गर्ने गरेको उजुरीबारे छानबिन गरेको सतर्कताले सप्लायर्सलगायतसँगको सेटिङ र मिलेमतोमा बिरामीसँग बढी शुल्क लिएर चरम भ्रष्टाचार गर्दै लुटतन्त्र मच्चाएको फेला पारेको हो ।
सतर्कताले छानबिनपछि कारबाहीको सिफारिस गरेको छ । औषधिमा ठगी गर्ने जिम्मेवार पदाधिकारीमाथि कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र सम्बन्धित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सिफारिस गरेको हो । यो समाचार हामीले साप्ताहिक पत्रिका साँघुबाट लिएका हौ।