समाज

खण्डग्रास सूर्यग्रहण: कति घण्टा सम्म लाग्ने छ सूर्यग्रहण, सुतककालमा भुलेर पनि यी काम गर्नु हुँदैन

खण्डग्रास सूर्यग्रहण: कति घण्टा सम्म लाग्ने छ सूर्यग्रहण, सुतककालमा भुलेर पनि यी काम गर्नु हुँदैन

८ पौष २०७६ काठमाडौँ: पौष १० गते खण्डग्रास सूर्यग्रहण लाग्दै छ। पौष कुसे औसीका दिन बिहान देखिनै खण्डग्रास सूर्यग्रहण लाग्ने छ। सूर्यग्रहण बिहान ८:४२ बजे देखि ११:३१ बजे सम्म २ घण्टा ४९ मिनट सूर्य ग्रहरण लाग्ने छ । सूर्यग्रहण लागेको बेला खान पिन गर्न नहुने तर बलका वृद्ध र रोगीबाहेकलाई शास्त्रीयरूपमा भोजन गर्दा हुन्छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न भने शुभ हुन्छ भन्ने शास्त्रीय मान्यता छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम मानिन्छ । ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु,हेमाद्रि,कालमाधव, वीरमित्रोदय लगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

सुतककालमा भुलेर पनि यी काम गर्नु हुँदैन

ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लेखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ ।

हेर्न कर्कट, तुला, कुम्भ र मीन राशि हुनेहरुका लागि राम्रो छ । बाँकी राशिकालाई शुभ फल नदिने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख गरिएको छ । मेष राशि हुनेलाई माननाश, वृषलाई कष्ट, मिथुनलाई स्त्रीपीडा, कर्कटलाई सौख्य, सिंहलाई चिन्ता, कन्यालाई व्यय, तुलालाई श्रीप्राप्ति, वृश्चिकलाई क्षति, धनुलाई घात, मकरलाई व्यय, कुम्भलाई लाभ र मीनलाई सुख प्राप्तिको फल प्राप्त हुने जनाइएको छ ।

खण्डग्रास सूर्यग्रहण

खण्डग्रास सूर्यग्रहणको बेला नेपाल सरकारले कुनै पनि सार्वजनिक बिदाको घोषणा गरेको छैन् ।खण्डग्रास सूर्यग्रहणको बेला  वाषिक पात्रोमा पनि  बिदा उल्लेख गरिएको छैन् ।