उपत्यकाको सडकको खाल्डाखुल्डी पुर्न ‘टास्क फोर्स’
उपत्यकाको सडकको खाल्डाखुल्डी पुर्न ‘टास्क फोर्स’
६ पुस २०७६ काठमाडौँ : मन्त्रि परिवर्तन संगै सनकको घेरामा आएका प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यकामा सडकका खाल्डाखुल्डी पुर्ने कार्य तीव्र रूपमा अगाडि बढाउन गरेको निर्देशनले गति लिएको छ । प्रधानमन्त्रीको निर्देशन संगै प्रम तथा मन्त्रिपरिषद्को कार्यालयले ‘टाक्स फोर्स’ नै खडा गरेर उपत्यकाको सडकको खाल्डाखुल्डी पुर्ने कार्यलाई तिब्र बनाएको थियो ।
प्रधानमन्त्री ओलीले मङ्सिर ९ गते ‘सडकको खाल्डाखुल्डीको गीत कहिलेसम्म सुन्ने हो’ भन्दै जंगिएपछी सडकका खाल्डाखुल्डी पुर्न सम्बन्धित निकाय तातेको थियो ।
मङ्सिर १७ गतेदेखि उपत्यकाका सडकमा खाल्डाखुल्डी पुर्ने कार्य सुरु गरिएको थियो । चक्रपथको गौशालादेखि चाबहिलसम्मको सडकमा भने ठेक्का लागिसकेकोले सो खण्डको सडक निर्माणका लागि सो खण्डमा खाल्डाखुल्डी पुरिने कार्य नगरिएको जनाएको छ ।
अन्य स्थानको हकमा विकास व्यवस्थापनका अनुसार यस अवधिमा थापाथली–त्रिपुरेश्वर–जमल–शीतल निवास सडकखण्ड, जडीबुटी–पेप्सिकोला सडकखण्ड, शङ्खमूल–नयाँबानेश्वर सडकखण्ड, सिनामङ्ल–डिल्लीबजार सडकखण्ड, हाँडीगाउँ–मालीगाउँ सडकखण्ड, दरबारमार्ग–जय नेपाल सडकखण्ड, माइतीघर मण्डला–मीनभवन सडकखण्ड र टेकु–कुलेश्वर–बल्खु सडकखण्डमा खाल्डाखुल्डी पुरिने काम सम्पन्न भइसकेका छन् ।