खेलकुदफुटबल

च्यापियन्स लिगको लागि बार्सिलोनाको टोलीको घोषणा: को – को परे ?

च्यापियन्स लिगको लागि बार्सिलोनाको टोलीको घोषणा: को – को परे ?

१२ फागुन २०७६ एजेन्सी: च्यापियन्स लिगको अन्तिम १६ को खेलक लागि बार्सिलोनाले आफ्नो टोलिको घोषणा गरेको छ । बार्सिलोनाको टोलीमा कप्तान मेस्सी सहित २१ खेलाडीको नाम समाबेस गरिएको छ । बार्सिलोनाले बुधबार २६ तारिक बिहान १:४५ इटालियन क्लब नापोलिसँगै खेल्दै छ ।

मार्टिन ब्रेथवेटलाइ पनि टीममा समाबेस गरिएको छ। मार्टिन ब्रेथवेटलाई टीममा समाबेस गरिए पनि उनि नापोलि बिरुद्ध भने खेल्ने छैन् किनकि मार्टिन ब्रेथवेटलाई च्यापियन्स लिग खेलको लागि दर्ता गरिएको छैन् । त्यस्तै यस पटक बार्सिलोनाको टोलिमा टिम “बि’ बाट ६ जना खेलाडीलाइ समाबेस गरिएको छ ।

नापोलि बिरुद्धको खेलमा रोबेर्टोलाई समाबेस गरिएको छैन । मिडफिल्डर रोबेर्टो इन्जुरीका कारन टिममा समावेश गरिएको छैन । थाई इन्जुरीका कारण मिडफिल्डर रोबेर्टो केहि हप्ता टिम बाहिरै रहेन छन् ।

नँया परीक्षक क्विके सेनटिनले यी खेलाडीलाइ इटालियन क्लब नापोलि भ्रमणको लागि लग्दै छन् ।

टेर स्टेगेन, सेमेडो, पिकाइ, रकिटिक, सर्जियो बुस्केट्स, आर्थर, मेस्सी, नेटो, लेंगेलेट, ग्रिज्मान्, ब्रेथवेट, डी जोंग, विडाल, उमितिटी, जुनियर, आईकाकी पेआजा, रिक्की पुइग, एलेक्स कोलाडो, आन्सू फाती, रोनाल्ड अराउजो र सर्जियो अक्मे