सशस्त्रले घर घेरेपछि अध्यक्ष शाहीलाई छाडेर भाग्यो विप्लव समूह
सशस्त्रले घर घेरेपछि अध्यक्ष शाहीलाई छाडेर भाग्यो विप्लव समूह
६ पुस २०७६ दैलेख : विप्लव समूहको अपहरणमा परेका धिरबहादुर शाहीको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। अपहरणमा परेका शाही ठाँटीकाँध गाउँपालिका, दैलेखका अध्यक्ष हुन् र उनलाई सशस्त्र प्रहरीले कालीकोटबाट अपहरण गरि राखिएको घर घेरा हालेर शकुशल उद्दार गरेको हो ।
लगातार ढोका ढकढक्याएपछि शाहीकी पत्नीले ढोका खोल्ने वित्तिकै १०/१२ जनाको नकावधारी समूह घरमा पसेर गाउँपालिका अध्यक्ष शाहीलाई शनिबार राति करिब एक बजेतिर घरमा सुतिरहेकै वेला अपहरण गरेको थियो भने पछि बिप्लव समुहले आफुले अपहरण गरेको जिम्मेवारी समेत लिएको थियो ।
संगै अपहरणमा परेकी श्रीमतीलाइ अपहरणकारीले केहि पर छाडेर श्रीमानलाइ मात्र लगेपछि उनले गाउँपालिकाको वडा नं. १ का वडाध्यक्ष नर्तमबहादुर बुढा खबर गरिन्र नर्तमबहादुरले प्रहरी र स्थानीय प्रशासनलाई घटनाबारे जानकारी गराए ।
हतियारधारी समूहले अध्यक्षलाई कालिकोटतिर लागेको सूचना प्रहरीले पाएको र प्रहरीसँगै सशस्त्र प्रहरीको कालिकोट गुल्मको टोली पनि अपरेशनमा खटिएको थियो ।
यस संगै साँझ पौने ६ बजेतिर कालिकोटको शुभकालिका गाउँपालिका–१, छाती क्षेत्रमा विप्लव समूहले शाहीलाई राखिएको घर परिवर्तन गर्न लाग्दा एक महिलाले देखेकी थिइन् र, उनलै सुरक्षा निकायमा खबर गरिन् ।
केहीवेरमै आइपुगेको सशस्त्र प्रहरीको टोलीले घर घेराउ गरेर हवाई फायरिङ गरे लगत्तै अध्यक्षज्यूलाई छाडेर विप्लव समूहका व्यक्ति भागेका थिए।