नेपाल र भुटानबिचको मैत्रीपूर्ण खेल निशुल्क हेर्न सकिने
नेपाल र भुटानबिचको मैत्रीपूर्ण खेल निशुल्क हेर्न सकिने
७ पौष २०७६ काठमाडौँ: नेपालको यू-१५ महिला टोलिले आज भुटानको यू-१५ टोलीसँग मैत्रीपूर्ण खेल खेल्दै छ । नेपाल भ्रमणमा रहेको भुटानको यू-१५ टोलीले आज नेपालसंग खेल्दै छ । आजको खेल दिउँसो २ बजे देखि रहेको छ । यो खेल एन्फा कम्लेक्सको मैदानमा हुनेछ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मैत्रीपूर्ण खेल निशुल्क हेर्न सकिने जनाएको छ ।नेपाल र भुटानबीच हुने खेलका कारण जारी शहीद स्मारक ए डिभिजन लिगको स्थान पनि फेरिएको छ। लिग अन्तर्गत आज हुने दुवै खेल दशरथ रंगशालामा हुनेछ।अर्को मैत्रीपूर्ण खेल डिसेम्बर २५ मा हुनेछ।
