कोरोनाभाइरस

काठमाडौँ उपत्यकामा फेरी ९ जनामा भेटियो कोरोना संक्रमण

काठमाडौँ उपत्यकामा फेरी ९ जनामा भेटियो कोरोना संक्रमण

८ साउन २०७७ काठमाडौं : बिहिबार नेपालभर थप १४७ जना कोरोना संक्रमित फेला परेकोमा काठमाडौं उपत्यकाबाट ९ जना कोभिड–१९ का संक्रमित रहेको पाइएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ५ जना त्यसैगरी ललितपुर र भक्तपुरमा २–२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

संक्रमित कहाँका हुन् भन्ने स्वास्थ्य मन्त्रालयले खुलाएको छैन ।