विश्वकप लिग-२ : नेपालले टस जितेर फ़िल्डिङ रोज्यो, अमेरिका ब्याटिङमा
विश्वकप लिग-२ : नेपालले टस जितेर फ़िल्डिङ रोज्यो, अमेरिका ब्याटिङमा
२९ माघ २०७६ काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालमा भइरहेको त्रिकोणात्मक सिरिजको आज हुने अन्तिम खेलमा नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुँदै छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा केहीबेमा सुरु हुन लागेको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ ।
अघिल्लो खेलमा ओमानविरुद्ध खेल्दै ओडिआईमा डेब्यु गरेका कमल सिंह ऐरीको स्थानमा आज ललित नारायण राजवंशी खेल्दैछन् ।
यसअघि नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको थियो भने ओमानले नेपाल र अमेरिकासँग खेलेका सबै चार खेल जित्दै सिरिज क्लिनस्वीप गरिसकेको छ ।
