पिपिएल: पोखरा पल्टनको पहिलो जित
पिपिएल: पोखरा पल्टनको पहिलो जित
नमस्ते पोखरा प्रिमियर लिगमा पोखरा पल्टनले पहिलो जित दर्ता गरेको छ । पोखरा रंगशालामा आइतबार भएको उद्घाटन खेलमा काठमाडौं गोल्डेनलाई ९ विकेटले पराजित गर्दै पोखराले सुखद सुरुवात गरेको हो । काठमाडौंले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको पोखराले १४ ओभर १ बलमा ओभरमा १ विकेट गुमाएर १ सय १९ रन बनायो ।
पोखरा पल्टनको टोलीमा कप्तानको भूमिकामा शरद भेषावकर रहेका छन् । उनको कप्तानी रहेको टोलिलमा रोहित कुमार पौडेल, विनोद भण्डारी (विकेटकीपर), ललित नारायण राजवंशी, राशिद खान, कृष्ण कार्की, कुशल भुर्तेल, महबुब आलम, आशिफ शेख, इशान पाण्डे, कुशल मल्ल, आकश चन्द र अनिल गुरुङलाई समावेस गरिएको छ । विदेशी खेलाडीको रुपमा रविइन्दर सिंह, पराग खानपुकार र प्राथामेस डाके रहेका छन् ।
काठमाडौं गोल्डेन्सको टोलीमा ज्ञानेन्द्र मल्ल (कप्तान),पवन सरार्फ, सुसन भारी, पृथु बास्कोटा, अमर सिंह राउटेला, आदिल खान, नन्दन यादव, बसन्त रेग्मी, अमित श्रेष्ठ, सुवास खकुरेल र अमृत भट्टाई । विदेशी खेलाडी: गौरव तोमर, जयकिशन कोल्सावाला र सुवोध भाटी तीनै जना भारतीय मुलका खेलाडी हुन् ।
काठमाडौँ गोल्डेन वारियर्स
रिटेन खेलाडी – सुबास खकुरेल ( ५०, ००० ) , अमृत भट्टराई ( ५०, ००० )
रिलिज खेलाडी – नरेश बुढाएर, सुमित झा र सुधिर चौधरी
पोखरा पल्टन
रिटेनज खेलाडी – आकाश चन्द ( ५०,००० ) , कुशल मल्ल ( १,५०,००० )
रिलिज खेलाडी – दिपेश खत्री, बिक्रम भुसाल, दिभ्याँशु मलिक