देशसमाचारसमाज

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ४ जनाको ज्यान गयो

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ४ जनाको ज्यान गयो

२९ मंसिर २०७६ काठमाडौं : दोलखाबाट काठमाडौँ आउदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

सिन्धुपाल्चोकमा रहेको सुनकोसी गाउँपालिका–७ को ६ किलो भन्ने स्थानमा बस दुर्घटना भएको हो । दुर्घनामा बा ४ ख ४४६८ नम्बरको बस परेको हो। उक्त बस दोलखाको कालिन्चोकबाट भक्तपुर आउँदै गरेको थियो।

‘दुर्घटनामा अहिलेसम्म ४ जनाको मृत्यु भइसकेको छ भने कैयन यात्रु हताहत भएका हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

कालिन्चोक मन्दिर दर्शनका लागि रिजर्भ गरेर लगिएको उक्त बस आइतबार बिहान ८ः१५ बजे दुर्घटना भएको हो । सडकबाट अन्दाजी ५०० मिटर तल खसेको बसमा कति यात्रु सवार थिए भन्ने यकिन नभएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ ।

प्रहरी र स्थानीय अहिले घाइते यात्रुको उद्धारमा जुटेका छन् ।