खेलकुदफुटबलसमाचार

च्याम्पियन्स लिग: यी हुन् नकआउट खेल्ने १६ क्लबहरु

च्याम्पियन्स लिग: यी हुन् नकआउट खेल्ने १६ क्लबहरु

२६ मङ्सिर २०७६ एजेन्सी : युईएफए च्याम्पियन्स लिग फुटबलको प्रिक्वाटरफाइनल समीकरण पूरा भएको छ । बिहीबार विहान समूह चरणको खेल सकिएसँगै अन्तिम १६ को छिनोफानो भएको हो । प्रिक्वाटरफाइनलका खेलहरु २०२० को फेब्रुअरीदेखि मार्चसम्म हुने छन् ।

अहिलेसम्म समूह ‘ए’ बाट पिएसजी र रियल मड्रिड अन्तिम १६ मा सफल भएका छन् । समूह ‘बी’बाट बायर्न म्युनिख र टोटनह्याम हटस्पर्स अन्तिम १६ मा स्थान बनाएका छन् ।

च्याम्पियन्स लिग खेलको समूह ‘सी’मा म्यान्चेस्टर सिटी र एटलान्टा (इटाली) अन्तिम १६ मा जान सफल भएको छ । समूह ‘डी’बाट १३ अंकसहित शीर्ष स्थानमा रहेको युभेन्टस अन्तिम र उपविजेता हुँदै नपाली अन्तिम १६ मा छनोट भएको छ ।‘इ’ बाट कुन टोलि अन्तिम १६ मा नपोलि र लिभरपुलले प्रवेश गरेको छ । ‘एफ’ मा ११ अंकसहित शीर्षमा रहेको बार्सिलोना र उपविजेता भन्दै बोरुसिया डर्टमुन्ड १६ मा प्रवेश गरेको छ । ‘जी’बाट आरबी लेपजिग (जर्मनी) र ओलम्पिक लियोन (फ्रान्स) अन्तिम १६ मा प्रवेश गरेको छ । ‘एच’बाट चेल्सी र भ्यालेन्सिया टिम अन्तिम १६ मा प्रवेश गरेका छन् ।

अहिले सम्मका च्याम्पियन्स लिग बिजेताहरु
१. रियल म्याड्रिड (स्पेन) १३ पटक
२. एसी मिलान (इटाली) ७ पटक
३. लिभरपूल (इंगल्याण्ड) ६ पटक
४. बार्सिलोना/बार्यन म्युनिख (स्पेन/जर्मनी) ५/५ पटक
५. अज्याक्स (नेदरल्याण्ड ) ४ पटक
६. म्यानचेस्टर युनाइटेड/इन्टर मिलान (इंगल्याण्ड/इटाली ) ३ पटक
७ . जुभेन्टस / बेन्फिका / पोर्टो / नाटिंगहाम फरेस्ट (इटाली/ पोर्चुगल/इंगल्याण्ड) २ पटक