लिभरपुललाई नकआउट चरणमा जान अन्तिम खेल कुर्नु पर्ने
लिभरपुललाई नकआउट चरणमा जान अन्तिम खेल कुर्नु पर्ने
१२ मङ्सिर २०७६ एजेन्सी: साबिक विजेता लिभरपुलले च्याम्पियन्स लिगको अन्तिम चरणमा जान अन्तिम खेल कुर्नु पर्ने भएको छ ।
गए राति भएको खेलमा इटालियन क्लब नापोलीविरुद्ध १–१ गोलको बराबरी खेलेको घरेलु टोली लिभरपुललाई अघिल्लो चरण पुग्न अझै एक खेल कुर्नु पर्ने भएको छ ।
खेलको २१ औँ मिनेटमा ड्राइज मार्टिन्सले गोल गर्दै नापोलीलाई अग्रता दिलाएका थिए भने डिजन लोभरेनले ६५ औ मिनेटमा लिभरपुका लागि बराबरी गोल फर्काएका थिए ।
बराबरीसँगै समूह ‘ई’ मा लिभरपुल ५ खेलबाट १० अंक जोडेर शीर्षस्थानमा स्थानमा यथावत रहेको छ ।
नेपोली ९ अंकसहित दोस्रो स्थानमा छ । साल्जवर्गको ५ खेलबाट ७ अंक जोडेर तेस्रो स्थान रहेको छ ।
जेन्क १ अंकसहित पुछारमा छ ।
लिभरपुललाई अन्तिम चरणको खेलमा कम्तिमा बराबरी आवश्यक रहेको छ ।