खेलकुदफुटबल

१३औं साग महिला फुटबल(फाईनल): नेपाल बिरुद्ध भारत

१३औं साग महिला फुटबल(फाईनल): नेपाल बिरुद्ध भारत

२३ मङ्सिर २०७६ काठमाडौँ: १३औं दक्षिण एसियाली खेलकुद अन्तर्गत आज महिला फुटबलको फाईनल खेल हुदै छ । आज नेपाल र भारतले स्वर्ण पदकको लागि खेल्दै छन् । आजको खेल पोखरा रंगशाला हुँदै छ । यो खेल दिउसो १ बजे देखि सुरु हुँदै छ । आज नेपाली महिला टोलीले भारतलाई पराजित गर्ने सके इतिहास बनाउन सफल हुन्थ्यो । आजको खेल जितेमा नेपाली महिला टोलीले पहिलो अन्तरराष्ट्रिय उपाधि हुनेछ । जारी सागको कुरा नेपालले माल्दिभ्सलाई ३–० तथा श्रीलङ्कालाई १–० गोल अन्तरले पराजित गरेको थियो भने भारतसँग १–० को अन्तरले पराजित भएको थियो ।

नेपाले अघिल्लो वर्ष भारत भएको हिरो गोल्ड कपमा भारतलाई पराजित गर्न सफल भएको थियो भने पाकिस्तानको इस्लामावादमा सन् २०१४ मा भएको चौथो साफ च्याम्पियसीपको फाइनलमा नेपाल भारतसँग ६–० गोल अन्तरले पराजित भएको थियो । गत वर्ष विराटनगरमा सम्पन्न पाँचौँ संस्करणको साफ च्याम्पियनसीपको फाइनलमा समेत नेपाल भारतसँग ४–० गोलअन्तरले पराजित भएको थियो ।

नेपाली महिला टोलिको कुरा गर्दा गोलकिपरको भूमिकामा एन्जिला तुम्बापो, अञ्जना राना मगर, उषा नाथ रहेकी छिन् भने डिफेन्डर तिर गिता राना, पुनम जर्घा मगर, अमृता जैशी, हीरा कुमारी भुजेल, कविता धिमाल, मनमाया लिम्बु, पूजा राना रहेकी छिन ।मिडफिल्डरमा रेनुका नगरकोटे, दिपा राई, सरु लिम्बु, इन्दिरा राई, अनिता बस्नेत, मञ्जली कुमारी योञ्जन, विमला चौधरी
फरवार्डः सावित्रा भण्डारी, निरु थापा र अनिता केसी ।