अन्तरास्ट्रिय

दिल्लीमा आगलागी, ३२ जनाको मृत्यु ५० भन्दा बढीको उद्धार

दिल्लीमा आगलागी, ३२ जनाको मृत्यु ५० भन्दा बढीको उद्धार

२२ मंसिर २०७६ काठमाडौं : भारतको राजधानी दिल्ली स्थित पुरानो दिल्लीमा रहेको एक गोदाममा भएको आगलागीमा कम्तिमा ३२ जनाको मृत्यु भएको छ ।

आगलागी आइतबार बिहान नयाँदिल्लीको रानी झाँसी रोडमा भएको र अहिले सम्म ३२ जनाको शव प्राप्त भएको र धेरैजसोको मृत्यु धुँवामा निसास्एिर भएको उल्लेख भारतीय मिडियाले गरेका छन् ।

आइतबार बिहान करिब साढे ५ बजेतिर आगो लागेको थियो । आगलागी स्थलबाट अहिले सम्म ५० जनाभन्दा बढीको उद्धार गरिएको छ ।

आगलागीको कारण खुलेको छैन । त्यहाँ कागज र कार्टुन उत्पादनको उद्योगसमेत रहेकाले आगो छिट्टै फैलिएको थियो । आगोका कारण नजिकका तीन घरसमेत जलेका छन् ।

पुरानो दिल्लीको यो क्षेत्रमा साँघुरा गल्ली छन् । उद्धार कार्यमा ढिलाइ हुँदा मृतकको संख्या बढेको बताइएको छ । साँघुरा गल्लीका कारण दमकल प्रवेश गर्न नसक्दा नजिकै अग्नि समन केन्द्र भए पनि आगो निभाउन समस्या भएको छ ।