IND vs WI: भारत ८ विकेटले पराजित
IND vs WI: भारत ८ विकेटले पराजित
२3 मङ्सिर २०७६ एजेन्सी : भारत बिरुद्धको दुस्रो टी-२० क्रिकेटमा वेष्ट इण्डिज विजय भएको छ । तिरुवन्तपुरुममा आइतबार राति भएको खेलमा वेस्टइण्डिजले भारतलाइ ८ विकेट पराजित गरेको छ । तीन टी २० सिरिजमा दुवै टिमले एक एक खेल जितेका छन् ।
भारतले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७० रन बनाएको थियो । १७१ रनको लक्ष्य पछ्याएको वेस्टइण्डिजले १९ औं ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गर्न सफल भएको थियो । हिजो भएको खेलमा लेन्डल सिमोन्स म्यान अफ द मयाच भए । लेन्डल सिमोन्सले ६७ रनको बनाएका थिए । अब तेस्रो र अन्तिम टि–२० ११ डिसेम्बरमा हुँदै छ ।
भारतको टी-ट्वान्टी टिम : किरोन पोलार्ड (कप्तान), फैबियन एलेन, शेल्डन कॉटरेल, शिमरॉन हेटमेयर, जेसन होल्डर, कीमो पॉल, ब्रैंडन किंग, एविन लुईस, खैरी पियरे, निकोलस पूरन, दिनेश रामदीन, शेरफेन रदरफोर्ड, लेंडल सिमंस, केसरिक विलियम्स, हेडन वॉल्स जूनियर.
एकदिवसीय टिम: कीरोन पोलार्ड (कप्तान), सुनील अंबरीश, रोस्टन चेज, शेल्डन कॉटरेल, शिमरॉन हेटमेयर, जेसन होल्डर, शाई होप, अल्जारी जोसेफ, ब्रैंडन किंग, एविन लुईस, कीमो पॉल, खैरी पियरे, निकोलस पूरन, रोमेरियो शेफर्ड, हेडन वॉल्स जूनियर
सिरिजको पहिलो टि–२० ६ डिसेम्बरमा हैदराबादमा हुने छ भने दोस्रो टि–२० ८ डिसेम्बरमा तिरुवनंतपुरममा र तेस्रो र अन्तिम टि–२० ११ डिसेम्बरमा मुम्बइमा हुनेछ ।
वेष्ट इण्डिजले भारत बिरुद्ध ३ टी-ट्वान्टी र ३ एकदिवसीय सिरिज खेल्ने छ । यस्तै पहिलो वनडे १५ डिसेम्बरमा चेन्र्नमा, दोस्रो वनडे १८ डिसेम्बरमा विशाखापट्टनममा र तेस्रो वनढे २२ डिसेम्बरमा कटकमा हुनेछ ।