१३औं साग फुटबल(पुरुष): दक्षिण एसियाको सबै भन्दा कमजोर टिम फाईनलमा
१३औं साग फुटबल(पुरुष): दक्षिण एसियाको सबै भन्दा कमजोर टिम फाईनलमा
२२ मङ्सिर २०७६ : दक्षिण एसियाको सबै भन्दा कमजोर टोलि भुटान फाईनलमा प्रवेश गरेको छ । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको (साग) खेल फुटबलमा भुटान फाईनलमा प्रवेश गरेको छ । भुटानले हिजो भएको खेलमा श्रीलंकालाइ ३-० पराजित गरेको छ । सागको ३५ वर्षको इतिहासमा पुरुष फुटबलमा पहिलो पटक फाइनलमा स्थान पक्का गरेको छ।
आजको खेल नेपालले बंगलादेशसंग प्रतिस्पर्धा गर्नेछ । आज नेपालले पराजित भएको खण्डमा फाईनल खेल्ने सपन समाप्त हुने छ । आजको खेलमा जिते वा बराबरी गर्ने सके नेपाल फाइनलमा प्रवेश गर्ने छ । खेल आइतबार साँझ ५ बजे दशरथ रंगशालामा हुनेछ । हिजो भएको खेलमा माल्दिभ्सलाई नेपालले २-१ गोल अन्तरले पराजित गरेको थियो । अभिषेक र अनन्तको गोलको मदतले नेपालले जित दर्ता गरेको छ ।
अंक तालिकामा भुटान ४ खेलमा ९ अंकसहित शीर्षस्थानमा छ । नेपाल ३ खेलमा ७ अंकसहित दोस्रो स्थानमा छ । समान ३ खेल खेलेको बंगलादेश तेस्रो स्थानमा छ । पूरै ४ खेल खेल्दै २-२ अंकसहित श्रीलंका र माल्दिभ्स अंक तालिकाको पुछारमा छन् ।