खेलकुद

आज हुने भलिबल खेलको समय,लाईभ र टिकट मूल्यबारे सम्पूर्ण जानकारी

आज हुने भलिबल खेलको समय,लाईभ र टिकट मूल्यबारे सम्पूर्ण जानकारी

११ मङ्सिर २०७६ काठमाडौँ: भलिबलमा आज महिला तर्फ नेपालले भारतको सामना गर्दै छ भने पुरुष तर्फ पाकिस्तानले माल्दिभ्स तथा भारतले बंगलादेश समाना गर्दै छ ।

भलिबलमा आज आयोजक नेपाल दोस्रो प्रतियोगिता रुपमा भारतको सामना गर्दै छ ।
दिउँसो १ बजे आज पाकिस्तान र माल्दिभ्स तथा ३ बजे भारत र बंगलादेश आमने सामने हुने छन् ।
महिला तर्फ अपरान्ह ५ बजे नेपाली टिमले भारतसँग प्रतिस्पर्धा गर्ने छ भने राती ७ बजे पाकिस्तान र श्रीलंका आमने सामने हुने छन् ।
खेल त्रिपुरेश्वरस्थित कभर्डहलमा हुने छ ।
पाकिस्तानको महिला टिम भने यस प्रतियोगितामा सहभागी छैन् ।
जसका कारण माल्दिभ्सले बुधबार वाक ओभर पाउँदै स्पष्ट तीन अंक जोडेको थियो ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हिजो भएको उद्घाटन खेलमा नेपालले २५-९, २५-९, २५-११ ले बंगलादेशलाई पराजित गरेको थियो ।
पहिलो पटक राष्ट्रिय टिममा परेकी उषा भण्डारी र हिरा केसीले पनि राष्ट्रिय टिममा डेब्यु गरिन् ।

आजको खेलमा भारतलाई पराजित गर्दै नेपालले महिला भलिबलमा स्वर्ण जित्ने लक्ष्य राखेको छ ।भारत प्रतियोगिताकै बलियो टोलि हो ।

यसअघि दुवै टोली नेपालमै भएको दक्षिण एसियाली महिला भलिबल प्रतियोगितामा भिडेका थिए ।

सो खेलमा भारतले नेपाललाई पराजित गर्दै उपाधि जितेको थियो ।
नेपाल समूह ‘ए’ मा भारत र बंगलादेश रहेका छन् । समूह ‘बी’ मा श्रीलंका, पाकिस्तान र माल्दिभ्स रहेका छन् । दुई समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

राष्ट्रिय खेलकुद परिषदले भलिबल हेर्नका लागि टिकट मूल्य ५ सय राखिएको छ ।
टिकट इसेवाबाट किन्न सकिनेछ ।

प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्स टेलिभिजनले गर्नेछ । अनलाइन र युट्युबमा प्रत्यक्ष प्रशारण गर्न पाईने छैन् ।