खेलकुद

१३ औं साग: आज चार खेल हुँदै

१३ औं साग: आज चार खेल हुँदै

१६ मङ्सिर २०७६ काठमाडौँ: १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को औपचारिक उद्घाटन आज (आईतबार) हुदैछ ।
काठमाडौँको पुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले सागको उद्घाटन गर्नु हुने छ ।
दक्षिण एसियाली खेलकुदको सबैभन्दा ठुलो खेल महोत्सवमा सातै देशको मार्चपास सहित नेपालको कला, संस्कृति र पहिचान झल्कने सांस्कृतिक कार्यक्रम राखिएको छ ।

उद्घाटनसँगै भलिबलको सेमिफाइनल खेल हुनेछ भने ब्याडमिन्टन, खोखो र करातेको पनि उद्घाटन हुनेछ ।

पोखरामा आज ब्याडमिन्टन खेल हुँदै छ ।
आज विहान १० बजेदेखि टिम इभेन्टका खेलहरु सुरु हुनेछन् ।
ब्याडमिन्टन तर्फ पुरुषको टिम इभेन्टमा नेपालले भुटानसँग प्रतिष्पर्धा गर्दैछ भने महिला तर्फ नेपालको प्रतिद्वन्द्वी बंगलादेश रहेको छ ।

राखेप कभर्ड हलमा आइतबार पुरुष भलिबलतर्फको सेमिफाइनल खेल हुनेछ ।
बिहान ११ बजेपछि हुने पहिलो सेमिफाइनलमा भारत र श्रीलंकाबीच खेल हुनेछ ।
यस्तै दिउँसो साढे एक बजेपछि हुने दोस्रो सेमिफाइनलमा पाकिस्तान र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।
खोखो
आज खोखो खेल पनि हुँदै छ ।
उद्घाटन भएपछि लगत्तै पुरुषतर्फ भारत र श्रीलंकाबीच प्रतिष्पर्धा हुनेछ । यो खेल विहान आठ बजे देखि सुरु हुने छ ।
त्यसपछि विहान १० बजे पुरुषतर्फ नै नेपाल र बंगलादेशीच प्रतिष्पर्धा हुदैछ ।
महिला तर्फ नेपालले बंगलादेशसँग खेल्नेछ । यो खेल एघार बजे हुनेछ ।
त्यसपछि भारत र श्रीलंकाबीच १२ बजे प्रतिष्पर्धा हुनेछ ।
खोखोमा चारवटा टिममात्र सहभागि भएका कारण राउण्ड रोविन लिगमा संचालन हुनेछ ।
यो खेल किर्तिपुर नयाँ बजारमा हुने छ ।

कराते
करातेको उद्घाटन आज हुँदैछ । उद्घाटन आजबाट हुने भएपनि खेलहरु भने प्रतिस्पर्धा सोमबारबाट हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *