१३ औं साग: आज १५ खेल, कुन खेल कहाँ हुँदै ?
१३ औं साग: आज १५ खेल, कुन खेल कहाँ हुँदै ?
२२ मङ्सिर २०७६ काठमाडौँ : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आठौ दिन आज आइतबार १५ खेलमा प्रतिस्पर्धा हुँदैछ । आठौ दिन आज आइतबार जनकपुर,काठमाडौँ र पोखरामा खेल हुँदै छ ।
आज आइतबार आर्चरी, बास्केटबल, बक्सिङ, क्रिकेट, फेन्सीङ, फुटबल, ह्यान्डबल, जुडो, पौडी, सुटिङ,स्क्वास, टेनिस, बिच भलिबल, भारोत्तोलन र कुस्तीमा प्रतिस्पर्धा हुनेछ ।
महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबलको खेल पोखरामा हुनेछ भने कुस्तीको खेल जनकपुरमा हुँदै छ । पुरुष फुटबल,पुरुष क्रिकेट,सुटिङक, जुडो, पौडी, बक्सिङ, बास्केटबल,स्क्वास र टेनिसखेल काठमाडौँमा हुँदा छ ।
नेपालले १३ औँ दक्षिण एशियाली खेलकुद (साग)मा अहिले सम्म पदक तालिकाको अनुसार भारत शिर्षस्थानमा पार्न सफल भएको छ। हिजो सनिबारको खेल सकिदासम्म भारत पहिलो,नेपाल दुस्रो,तेस्रोमा श्रीलंका चौथोमा पाकिस्तान पाँचौ बंगलादेश छैठौ माल्दिभ्स र स्वर्णबिहिन भुटान अन्तिम स्थानमा रहेको छ ।
१३ औं साग नेपालको तीनवटा शहरमा भइरहेको छ। नेपालले तीनै शहरमा स्वर्ण जितेको छ। काठमाडौं, पोखरा र जनकपुरधाममा सागका खेलहरु जारी छन्। नेपालले साग इतिहासमै पहिलो चोटी म्याराथनमा स्वर्ण जितेको हो । २४ बर्ष पछि नेपालले म्याराथनमा स्वर्ण जितेको हो । सागअन्तर्गत कुस्तीको महिला ५५ किलो तौलमा नेपालकी सङ्गीता धामीले स्वर्ण जितेका हुन् । उनले बङ्गलादेशका खेलाडीलाई पराजित गरे । सागको कुस्तीतर्फ नेपाली खेलाडीले जितेको यो नै पहिलो स्वर्ण हो ।
यो चोटी नेपालले साग इतिहासमै ४३ ओटा स्वर्ण जितेको छ ।यसअघि आठौँ संस्करणमा ३१ स्वर्ण जितेर बनाएको स्वर्णको रेकर्ड नेपालले जारी १३औँ सागमा भंग गरेको छ ।