क्रिकेटखेलकुद

साग पुरुष क्रिकेट: पहिलो खेल्मा श्रीलंकासँग नेपाल पराजित

साग पुरुष क्रिकेट: पहिलो खेल्मा श्रीलंकासँग नेपाल पराजित
१७ मङ्सिर २०७६ : दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पहिलो खेल्मा पुरुष क्रिकेटमा नेपाल श्रीलंकासँग ६ विकेटले पराजित भएको छ ।
कीर्तिपुर क्रिकेट मैदानमा भएको खेल्मा श्रीलंकासँग नेपाल पराजित भएको छ। टस हारेर ब्याटिंग गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७२ रन बनायाे । नेपालको लागि दिपेन्द्र ऐरीले सर्वाधिक ७२ रन बनाए। दिपेन्द्र ऐरीले ४४ बलमा ४ चौका र ३ छक्का प्रहार गरे।
जवाफमा श्रीलंकाले १९ ओभर एक बलमा चार विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । श्रीलंकाको जितमा सामु असानले अविजीत ७२ रन बनाए भने निसान मदुस्काले ४६ रनको योगदान गरे ।