देशसमाचारसमाज

कुलपूजाका लागि हिडेको जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु

बाग्लुङको कोप्चेमा जीप दुर्घटनाहुँदा १४ जनाको मृत्यु

१७ मङ्सिर २०७६ काठमाडौं: बाग्लुङमा भएको जीप दुर्घटनामा १४ जना यात्रु को मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।

गुल्मीको इस्माबाट कुलपूजाका लागि बागलुङको निसिखोला आउँदै गरेको ग१ज ५२१९ नंको जीप दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख नवराज भट्टका अनुसार बडिगाड गाउँपालिकाको कोप्चे भन्ने स्थानमा जीप दुर्घटना भएको हो ।

जीपमा रहेका मध्ये नौ महिला, चार पुरुष र एक बालकको घटनास्थलमै मृत्यु भएको हो । अन्य तीन जनालाई उद्धार गरी उपचारका लागि बुर्तिवाङ पठाइएको छ । उद्धार कार्य जारी छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।।