क्रिकेटखेलकुद

१३औं साग क्रिकेट(पुरुष): नेपालको कीर्तिमानी जित

१३ औं साग क्रिकेट(पुरुष): नेपालको कीर्तिमानी जित
१९ मङ्सिर २०७६ काठमाडौँ: १३औं दक्षिण एसियाली खेलकुद अन्तर्गत आज नेपाले दुस्रो खेलमा विजय हासिल गरेको छ । आजको खेलमा भुटानलाई १ सय ४१ रनको फराकिलो अन्तरले पराजित गरेको छ । किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले दिएको २ सय ३७ रनको लक्ष्य पछ्याएको भुटानले ६ विकेट गुमाएर ९५ रन सफल भएको थियो ।
नेपालको लागि कप्तान ज्ञानेन्द्र मल्लले शतकीय इनिङ्स खेलेका छन् ।५५ बलको सामना गरेका मल्लले ९ छक्का र ५ चौकाको मद्दतले १ सय ७ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्ल पूर्व पारस पछि टी-ट्वान्टी क्रिकेटमा शतक प्रहार गर्ने नेपालका दोस्रो खेलाडी बनेका छन् ।भुटानविरुद्ध पारसले ५७ रनको अर्धशतकीय इनिङ्स खेल्दा उप कप्तान दिपेन्द्र सिंह ऐरीले अविजित ४५ रन बनाएका थिए ।
नेपाल भोलि डिसेम्बर ६ मा माल्दिभ्सको सामना गर्ने छ भने सनिबार डिसेम्बर ७ मा बंगलादेशसँग खेल्नेछ ।