१३ औं साग : पहिलो दिननै नेपाललाइ ९ स्वर्ण
१३ औं साग : पहिलो दिननै नेपाललाइ ९ स्वर्ण
१६ मङ्सिर २०७६ काठमाडौँ : १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले पहिलो दिनमै सात वटा स्वर्ण पदक हात पारेको छ । पहिलो दिनको खेलमा कराँते र तेक्वान्दोमा बढी पदक जितेको नेपालले अहिलेसम्म ९ स्वर्ण जितिसकेको छ ।
जुन यसअघिको १२ औं सागको तुलामाना ६ स्वर्ण बढी रहेको छ ।
यसअघि भुकम्प र नाकाबन्दीका बीच भारतमा सम्पन्न भएको १२ औ सागमा नेपालले पूरै प्रतियोगितामा जम्मा ३ स्वर्ण जितेको थियो । १२ औं सागमा नेपालका लागि जुडोकी फूपु ल्हामू खत्री, उसुकी निमा घर्तिमगर र फुटबल टिमले स्वर्ण जितेको थियो ।
भारतको गुवाहिटी र सिलोङमा भएको १२ औँ सागमा नेपालले ३ स्वर्ण, २३ रजत र ३४ कास्य गरी ६० पदक जितेको थियो ।
१३औँ सागमा अहिलेसम्म नेपालका लागि कराँते कुमुतेतर्फ लक्ष्मण तामाङ, व्यक्तिगत पुम्सेतर्फ सिना लिम्बू, तेक्वान्दोमा कमल श्रेष्ठ, कराँते एकल कातामा मण्डेकाजी श्रेष्ठ र महिला ट्रायथलनमा सोनु गुरुङ तेक्वान्दोमा आयसा शाक्य, पार्वती गुरुङले स्वर्ण जितेका छन् । त्यस्तै नेपालले महिला पुरुष दुवै कातामा स्वर्ण जितेको छ ।