बिहिबार थप १४७ जनामा कोरोना संक्रमण भेटियो
बिहिबार थप १४७ जनामा कोरोना संक्रमण भेटियो
८ साउन २०७७ काठमाडौँ : बिहिबार थप १४७ जनामा कोरोना संक्रमण पुस्टि भएको छ। पछिल्लो २४ घन्टामा थप १४७ संक्रमित पुस्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।
मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म १८ हजार २४१ जनामा कोरोना संक्रमण भेटिएको छ भने सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ५८ रहेको छ ।
बिहीबार कोरोना संक्रमणबाट वीरगञ्जमा एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।