१३औं साग: नेपालले अहिलेसम्म ५ स्वर्ण, १ रजत र १ कास्य जित्यो
१३औं साग: नेपालले अहिलेसम्म ५ स्वर्ण, १ रजत र १ कास्य जित्यो
१६ मङ्सिर २०७६ : १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत नेपालले अहिले सम्म ५ स्वर्ण, १ रजत र १ कास्य पदक हात परेको छ ।
५ स्वर्ण सहित १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)काे पदक तालिकामा अग्रस्थानमा रहेकाे छ।
नेपालकी मण्डेकाजी श्रेष्ठले करातेमा स्वर्ण जितेकी हुन् । गोविन्दबहादुर आले र कमल श्रेष्ठले तेक्वान्दो खेल मार्फत स्वर्ण जितेका हुन् । टिम कातामा सरु कार्की, निर्मला तामाङ र संगीता मगरले स्वर्ण दिलाएका हुन् ।
महिला ट्रायथलनमा पनि नेपालले स्वर्ण पदक जितेको छ।
करातेको व्यक्तिगत महिला एकल कातातर्फ नेपालकी चञ्चला दनुवारले रजत पदक जितेकी छिन्।
ट्रायाथोलन पुरूषतर्फ नेपालले कास्य पदक हात परेको छ । नेपालका लागि नितेश मानन्धरले काष्य पदक दिलाएका हुन् ।
