देशराजनितीसमाचारसमाज

नेविसंघ र तरुण दलले गरे ओलीविरुद्द नारावाजी

नेविसंघ र तरुण दलले गरे ओलीविरुद्द नारावाजी

२१ फागुन २०७६ हेटौँडा : मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा सोमबार भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका दुई भातृ संगठनले नाराबाजी गरेका छन्। उनीहरुले मानवीय संवेदनाको पनि ख्याल नगरी अस्पताल भर्ना भएका प्रममाथि अमर्यादित ढंगले नाराबाजी गरेका हुन्।

ओलीको मिर्गौला प्रत्यारोपणको सफलताको कामना भइरहेका बेला मकवानपुरको हेटौंडामा नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलले असभ्य शैलीमा अमर्यादित व्यवहार देखाएको प्रत्यक्षदर्शीहरुले बताएका छन्।

पेट्रोलियम पदार्थमा बढाइएको विकास करविरुद्ध भन्दै मंगलबार साँझ निकालिएको राँके जुलुसमा न्यूनतम् मानवीय संवेदनाको पनि ख्याल नगरी …ले के भन्छ, केपी ओली ले भन्छ’, सहितका अमर्यादित नारासहित बजार परिक्रमा गरेका थिए।

प्रधानमन्त्री ओली जीवन-मरण संघर्षमा रहेका बेला नेविसंघ र तरुण दलका कार्यकर्ताले सामाजिक मर्यादाको पनि ख्याल नगरेको भन्दै स्थानीयले पनि आक्रोश पोखेका थिए।

प्रधानमन्त्रीको स्वास्थ्य राम्रो होस भन्ने बेलामा अप्रिय घटनाको कामनासहित हेटौँडा २ संगमचोकमा गरिएको नाराबाजी सुनेर स्थानीयबासीले पनि अफठ्यारो मानेका थिए।

पेट्रोलियम पदार्थमा करवृद्धिको विरोधमा जुलुस निकालिएको थियो ।