राजनितीसमाचार

कास्की–२ मा विद्याको जित पक्का भएपछी कांग्रेस उमेद्वारले दिए बधाई

कास्की–२ मा विद्याको जित पक्का भएपछी कांग्रेस उमेद्वारले दिए बधाई

१५ मंसिर,२०७६ पोखरा : हालै सम्पन्न उपुचनावमा प्रतिनिधिसभाको सिटका लागि कास्की २ मा भएको एकमात्र निर्वाचनमा नेकपाकी उम्मेदवार विद्या भट्टराईको जित निश्चित भएको छ ।

विद्या भट्टराईको जित निश्चित भए संगै नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले भट्टराईलाइ बधाई दिएका छन् । कास्की-२ मा विद्याको जित निश्चित भएपछि पौडेलले बधाई दिएका हुन् ।

हालसम्म सार्वजनिक मत अनुसार विद्या भट्टराई ८ हजार ८३० मतले अघि छिन् । गणना हुन बाँकी मतभन्दा अन्तर धेरै भइसकेको छ । विद्याको २२ हजार १८२ मत छ भने खेमराजले १३ हजार ३५२ मत मात्र ल्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *