खेलकुदफुटबल

ला लिगा: आज बार्सिलोना र एट्लेटिको भिड्दै,(खेलबारे सम्पूर्ण जानकारी)

ला लिगा: आज बार्सिलोना र एट्लेटिको भिड्दै,(खेलबारे सम्पूर्ण जानकारी)
१५ मङ्सिर २०७६ एजेन्सी: स्पेनिस ला लिगा फुटबल अन्तर्गत आज निकै महत्पूर्ण खेल हुँदै छ । आज हुने खेलमा दुइ बलियो टोलि एक आपसमा भिड्दै छन् ।
एट्लेटिको म्याड्रिड र बार्सिलोनाबीचको खेल निकै रोमान्चक हुने देखिन्छ । आजको खेल एट्लेटिकोको मैदानमा हुने छ ।
आजको खेल १:४५ बजे देखि सुरु हुने छ । लिगमा बार्सिलोनाले १३ खेलबाट २८ अंक जोडेको छ । एट्लेटिको म्याड्रिड को १३ खेलबाट २५ अंक छ ।
आजको खेल जितेर बार्सिलोना शीर्ष स्थानमा अग्रता बनाउने योजनामा हुने छ । एट्लेटिको म्याड्रिड भने आजको खेल जितेर बार्सिलोनासँग अंक बराबरी गर्न चाहन्छ ।