यस्तो छ साग क्रिकेट खेल्ने नेपाल, बंगलादेश र श्रीलंकाको टोलि
यस्तो छ साग क्रिकेट खेल्ने नेपाल, बंगलादेश र श्रीलंकाको टोलि
१५ मङ्सिर २०७६ एजेन्सी: १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको क्रिकेट खेलका लागि नेपाल,बंगलादेश र श्रीलंकाले १५ सदस्यीय टोलिले घोषणा गरिसकेको छ ।
टियु क्रिकेट मैदानमा हुने सागको पुरुषतर्फ पाँच टिमले प्रतिस्पर्धा गर्ने छन् । जसमा नेपाल,श्रीलंका,बंगलादेश, भुटान र माल्दिभ्स रहेका छन् । पुरुष क्रिकेटका खेल मंसिर १७ देखि २४ गतेसम्म सञ्चालन हुनेछ । पहिलो खेलमा नेपालले श्रीलंकाको २३ वर्षमुनिको टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।
राउण्ड रोबिनको आधारमा हुने पुरुष क्रिकेटको शीर्ष दुई टिमले स्वर्ण पदकको लागि खेल्ने छन् । यस्तै तेस्रो र चौंथो टिमले कास्यको लागि खेल्नेछ ।
सागका लागि श्रीलंका बंगलादेश र नेपालको टिम :
श्रीलंकाको टिम : चरिथ आसालांका (कप्तान), कामिन्डु मेन्डिस (उप कप्तान), दुविन्दु तिलकरत्ने, सचिन्दु कोलोम्वेज र कविष्का अन्जुला, पथुम निसान्का, हसिता बोयागोडा, विश्व चनुरंग, अशीन बन्डारा, शम्मू अशान, निशान माधुष्का, जेहान डानियल, आसिता फर्नान्डो, कलाना परेरा
नेपाली पुरुष टिम : ज्ञानेन्द्र मल्ल (कप्तान), पारस खड्का, रोहित कुमार पौडेल, दिपेन्द्र सिंह ऐरी, करण केसी, सोमपाल कामी, बिनोद भण्डारी, अभिनास बोहरा, सन्दिप जोरा, आरिफ शेख, पवन सर्राफ, ललित नारायण राजवंशी, कुशल भुर्तेल, सुशन भारी र राशिद खान (वैकल्पिक – रोहित कुमार पौडेल, भिम सार्की र सागर ढकाल)
बंगलादेशको टिम :
मोहमद सैफ हसन, नाइम शेख, अफिफ हुसेन,जाकिर हसन, नाज्मुल हुसेन, यासिर अली चौधरी, सायद मिन्हाजुल अफ्रिदी, सुमोन खान, महिदुल इस्लाम, तान्भिर इस्लाम, मनिक खान,मेहेदी हसन राना, सोम्य सरकार, महादी हसन, हसन मा
सागमा क्रिकेट हेर्न क्रिकेटको टिकट मूल्य २ सयदेखि ५ सयसम्म निर्धारण गरेको छ ।
नेपालको खेल भएको दिन ५ सय र अरु दिन २ सय रुपैयाँको टिकट व्यवस्था गरिएको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।
पुरुष क्रिकेटको खेलतालिका
पुरुष तर्फ नेपालले आफ्नो पहिलो खेल मंसिर १७ गते बिहान ११ बजे श्रीलंकाबिरुद्द, दोस्रो खेल १९ गते बिहान ९ बजे भुटानसँग, तेस्रो खेल २० गते दिउँसो १ बजे माल्दिभ्ससंग र लिगको अन्तिम खेलमा नेपालले २१ गते बिहान ११ बजे बंगलादेशसँग खेल्नेछ।
२३ गते तेस्रो स्थानका लागि खेल हुनेछ भने स्वर्ण पदकको लागि फाइनल खेल मङ्सिर २४ मा खेलिनेछ।