राजनितीसमाचार

गुल्मीको रुरुक्षेत्रमा नेकपाका गिरिप्रसाद बिजयी

गुल्मीको रुरुक्षेत्रमा नेकपाका गिरिप्रसाद बिजयी

१५ मंसिर २०७६ गुल्मी : हालै सम्पन्न उपचुनाव अन्तर्गत गुल्मीको रुरुक्षेत्र गाउँपालिकाको वडा नम्बर ६ रिमुवाको वडा अध्यक्षमा नेकपाका उमेद्वार गिरिप्रसाद सिंजाली बिजयी भएका छन् । सिंजालीले ८०२ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार बेदप्रसाद दर्लामीले ७२७ मत प्राप्त गरेका थिए ।

त्यस्तै स्वतन्त्र उम्मेदवार मनबहादुर दर्लामीले मात्र १ मत प्राप्त गरेका छन् ।

यश क्षेत्रमा कुल मतदाता २ हजार ४८ रहेकोमा जम्मा १५ सय ४४ मत खसेको थियो भने १४ मत बदर भएको थियो ।

रुरु क्षेत्र गाउँपालिका ६ रिमुवामा ०७४ साल असारमा भएको स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेवाट निर्वाचित वडा अध्यक्ष पुर्ण बहादुर रेग्मीको निधन भएपछि उपनिर्वाचन भएको हो ।