मृतक आमालाई घर फर्काउँदा बाटोमा एम्बुलेन्स दुर्घटना,ज्यान गुमाउनेमा एकै परिवारका पाँच जना
मृतक आमालाई घर फर्काउँदा बाटोमा एम्बुलेन्स दुर्घटना,ज्यान गुमाउनेमा एकै परिवारका पाँच जना
१५ मङ्सिर २०७६ काठमाडौँ: मृतक आमालाई घर फर्काउँदा बाटोमा एम्बुलेन्स दुर्घटना परेर एकै परिवारका पाँच जना ज्यान गुमाउन पुगेका छन् ।
सुनसरीको हरिपुरमा एम्बुलेन्स र ट्रक ठोक्किँदा ६ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा एकै परिवारका पाँच जना रहेका छन् ।
प्रहरीले दिएको जानकारी अनुसार एम्बुलेन्समा ६ पुरुष थिए।
विराटनगर मोडल अस्पतालमा उपचारत ७५ वर्षीया शिवमाया राईको मृत्यु भएपछि को१त ९३६४ नंको एम्बुलेन्सबाट मृतक लिएर आउने क्रममा पश्चिमबाट आउँदै गरेको ना२ख ९०८२ नंको ट्रकले एम्बुलेन्समा ठक्कर दिएपछि एम्बुलेन्समा सवार सबैको मृत्यु भएको हो ।
दुर्घटनामा ज्यान गुमाउनेमा वर्ष ३४ को दुर्गाधन राई, २८ का टेकेन्द्र राई, ५० को तुलबहादुर राई, वर्ष ३१ को दिनेश राई र वर्ष ३५ मुकेश राई र एम्बुलेन्स चालक राजेश दनुवारको पनि मृत्यु भएको छ ।